आज पनि बढ्यो अमेरिकी डलरसहित सबै देशको विनिमयदर, कुन देशको कति ?

काठमाडौँ । आज बुधबार पनि अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३४ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र विक्रीदर १४३ रुपैयाँ १ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ ९७ पैसा रहेको छ भने विक्रीदर १६६ रुपैयाँ ८२ पैसा रहेको छ।

Advertisement

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६१ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६७ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३१ रुपैयाँ २ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ।

कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ४९ पैसा र विक्रीदर ३१ रुपैयाँ ६५ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८६ रुपैयाँ ६९ पैसा र विक्रीदर ३८८ रुपैयाँ ६९ पैसा रहेको छ।

त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०८ रुपैयाँ ६१ पैसा र विक्रिदर मूल्य ३१० रुपैयाँ २० पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...