आज यूरोपियन यूरो र यूके पाउण्डको मूल्य बढ्यो, डलरको स्थिर, कुन देशको कति ?

काठमाडौँ । आज अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर रहेको छ भने यूरोपियन यूरोसहित केही देशको विनिमयदर बढेको छ।

नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार शनिबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ६१ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ २१ पैसा रहेको छ।

Advertisement

यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९६ पैसा र विक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६४ रुपैयाँ १७ पैसा रहेको छ भने विक्रीदर १६५ रुपैयाँ २ पैसा रहेको छ।

त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ५३ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ५८ पैसा रहेको छ। यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८३ पैसा रहेको छ भने विक्रीदर ३० रुपैयाँ ९९ पैसा रहेको छ।

कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ ७५ पैसा र विक्रीदर ३१ रुपैयाँ ९१ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८४ रुपैयाँ ४१ पैसा र विक्रीदर ३८६ रुपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०६ रुपैयाँ ६६ पैसा र विक्रिदर मूल्य ३०८ रुपैयाँ २५ पैसा रहेको छ।

हेर्नुहोस् अन्य देशको विनिमयदर

More News last news
Loading...