काठमाडौँ । आज अमेरिकी डलरसहित विभिन्न देशको विनिमयदर स्थिर छ भने केही दिनको विनिमय दर घटबढ् भएको छ।
नेपाल राष्ट्र बैँकले तोकेको विदेशी विनिमयदर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८५ पैसा रहेको छ भने विक्रीदर ११६ रुपैयाँ ४५ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २६ पैसा र विक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ। यूके पाउण्ड स्टलिङ डलर एकको खरिदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ भने विक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ।
त्यस्तै, जापानी यन १० को खरिदर नेपाली १० रुपैयाँ ६१ पैसा रहेको छ भने विक्रीदर १० रुपैयाँ ६६ पैसा रहेको छ।
यता खाडी मुलुक साउदी अरेवियन रियाल एकको खरिददर ३० रुपैयाँ ८९ पैसा रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ५ पैसा रहेको छ।
कतारी रियाल एकको खरिदर ३१ रुपैयाँ १९ पैसा र विक्रीदर ३१रुपैयाँ ९१ पैसा रहेको छ भने कुवेती दिनार १ को खरिदर मूल्य ३८५ रुपैयाँ १७ पैसा र विक्रीदर ३८७ रुपैयाँ १६ पैसा रहेको छ।
त्यस्तै, बहराइन दिनारको खरिदर मूल्य ३०७ रुपैयाँ २९ पैसा र विक्रिदर मूल्य ३०८ रुपैयाँ ८९ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विनिमयदर :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
