नवलपरासी । पश्चिम नवलपरासीमा सञ्चालनमा रहेको आइसोलेसनकहरुमा इन्द्रेणी सामाजिक विकास मञ्चका पुर्व अध्यक्ष विक्रम खनालले करिब १२ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
वर्दघाट नगरपालिकाद्धारा सञ्चालन गरिएको चिसापानी आइसोलेसनमा ३ लाख २० हजार रुपैयाँ, पाल्ही नन्दन गाउँपालिकामा ३ लाख ५३ हजार रुपैयाँ र प्रतापपुर गाउँपालिकामा ४ लाख २ हजार रुपौयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।
कोभिडको दोस्रो भेरीयन्टको प्रभाव रहिरहेको वेला कोरोना भाइरसका विरुद्धमा प्रयोग हुने महत्वपुर्ण स्वास्थ्य सामाग्रिहरु पिपिइ सेट, स्टेचर, माक्स, सेनिटाइजर, ग्लप्स, थरमल गन, अक्सिमिटर लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको इन्द्रेणी सामाजिक विकास मञ्चले जनाएको छ।

इन्द्रेणी सामाजिक विकास मञ्चका उपाध्यक्ष कर्दम क्षेत्री, सचिव होमराज कुंवर, कार्यसमिति सदस्य विमल चन्द्र घिमिरे र सुनवल सामुदायिक विकास केन्द्रकी अध्यक्ष सपना थापा क्षेत्री, कार्यक्रममा युनाइटेड मिसन टु नेपालका टिम लिडर सबु तामाङ तेज गैरे लगायतको उपस्थिति रहेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
