काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमण बढिरहेका बेला नेपालका वरिष्ठ वैज्ञानिक डा. महावीर पुन अमेरिका जाने भएका छन् ।
कोलोराडो समुदायका सदस्यहरूको एक समूहले नेपालमा फ्रन्टलाइन्समा लड्दै आएका एक विशेष पाहुना राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा. महावीर पुनको साथ चैरिटी डिनर मार्फत नेपालमा कोभिड (१९ को समस्याको सामना गर्न सहयोग गर्न पैसा जुटाउने भएको छ । यो लगायतका कार्यक्रममा सहभागी हुन डा. पुन अमेरिका जान लागेका हुन् ।
कोलोराडो युथ सोसाइटीले आयोजना गरेको उक्त कार्यक्रमलाई रकी माउन्टेन फ्रेंड्स अफ नेपालले सहयोग गरेको छ । आउने महिना जूनको २ तारिख साँझ ६ बजे दरबार नेपाली एन्ड इन्डियन बिस्ट्रोमा हुने उक्त कार्यक्रममा कोलोराडोबासी नेपालीलाई सहभागी हुन अपिल गरिएको छ । कार्यक्रममा डा पुनसँग प्रश्न र उत्तर साथै उनले आफ्ना कुराहरु राख्नेछन्।
विश्वभर कोरोना अपडेट दिइरहेको वल्डोमिटरका अनुसार बिहीबार साँझसम्म नेपालमा ५ लाख ४२ हजार ५५३ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ६ हजार ९५१ जना संक्रमितको ज्यान गएको छ । संक्रमितमध्य ४ लाख १८ हजार ८२९ जना निको भएर घर फर्किसकेका छन् । वैशाखको पहिलो साताबाट बढेको कोरोना संक्रमण पछिल्ला केही दिनयता घट्दै गएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
