काठमाडौँ । शेयर बजार कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा आज (सोमवार) नयाँ रेकर्ड कायम भएको छ।आज नेप्से परिसूचक ३ दशमलव ०७ अङ्कले बढेर २८ सय २३ दशमलव ०६ अङ्कमा पुगेर नयाँ रेकर्ड कायम भएको हो।
यस्तै आज १३ अर्ब १७ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । यो एक दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार हो।
आज १३ अर्ब १७ करोड ५३ लाख रुपैयाँ बराबरका दुई करोड ७१ लाख कित्ता शेयर किनबेच भएको छ । यसअघिको ११ अर्ब ५५ करोड रुपैयाँको रेकर्ड आज एक हप्तामै तोडिएको हो ।
सबैभन्दा धेरै आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको एक अर्ब २६ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ ।
आज वरुण हाइड्रोपावर, युनाइटेड मर्दी हाइड्रोपावर, माउन्टेन हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ। एक्सेल डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयर मूल्य भने चार प्रतिशतभन्दा धेरैले घटेको छ।
देशको राजनीति अस्थिर हुँदा पनि शेयर बजारमा भने त्यसको प्रभाव परेको छैन। देशको राजनीति कता जाने हो र सरकार के हुने हो भन्ने अन्योलका बीचमा आइतबार पनि शेयर बजार परिसूचक नेप्से झन्डै ३३ अङ्कले बढेको थियो। नेप्से ३२ दशमलव ८१ अङ्कले बढेर २८ सय २० विन्दुमा पुगेको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
