काठमाडौँ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । कारोबार रकममा फेरि अर्को रेकर्ड कायम गरेको नेप्से सूचक भने १३.०९ अंकले घटेर २७८०.८१ विन्दुमा झरेको हो।
दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो। आइतबार, सोमबार र मंगलबार लगातार बढेको नेप्से बुधबार घटेको हो।
लगातार बढेर कुनै एक दिन घट्नुलाई लगानीकर्ताहरुले ‘करेक्शन’ भएको भन्ने गरेका छन्। नेप्से परिसूचक घटेपनि सेयर कारोबार रकमले भने पुनः नयाँ रेकर्ड राखेको छ।
मंगलबार ११ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएर नयाँ रकेर्ड कायम भएकोमा बुधबार त्यसलाई तोड्दै नयाँ रेकर्ड कायम भएको हो।
बुधबार ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ। बुधबार २ करोड ५१ लाख कित्ता भन्दा धेरै सेयर किनबेच भएका छन्।
बैंकिङ, व्यापार, होटल तथा पर्यटन, फाइनान्स र म्युचुअल फण्ड घने बढेका छन्। बाँकी सबै समूह घटेका छन्।
बुधबार धेरै कमाउनेमा समता घरेलु लघुवित्त पहिलो नम्बरमा देखिएको छ भने रुरु जलविद्युत कम्पनी दोस्रो नम्बरमा देखिएको छ। नेपाल फाइनान्स, गोर्खाज फाइनान्स लगायतका कम्पनीको पनि सेयर मूल्य बढेको छ।
उता धेरै गुमाउने शिर्ष ५ कम्पनीमा सबै हाइड्रोपावर कम्पनीहरु देखिएका छन् । ङादी पावरले सबैभन्दा धेरै गुमाउँदा दोस्रो धेरै गुमाउनेमा युनियन मोदी र तेस्रोमा नेपाल हाइड्रो देखिएका छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
