बिहानको भूकम्पले घर भत्किँदा एक महिला घाइते

काठमाडौँ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर बिहान गएको भूकम्पमा परी एक महिला घाइते भएकी छन्।

भूकम्पबाट एक घरमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी जगदीश मिश्रले बताए।

Advertisement

भूकम्पले घर भत्किँदा स्थानीय उमा गुरुङ घाइते भएको र उनको जिल्ला अस्पतालमा उपरार भइरहेको उनले जानकारी दिए।

आज बिहान लमजुंगको भूलभुले आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार आज जेठ ५ गते बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ रेक्टर स्केलको भूकम्प गएको हो।

उक्त कम्पन कास्की, तनहुँ, लमजुंग, धादिंग, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा लगायतका जिल्लामा पुगेको थियो।

उक्त भूकम्पका कारण अहिलेसम्म कुनै मानवीय वा भौतिक क्षति भएका विवरण भने आइसकेका छैनन्।

कोरोना भाइरस ९कोभिड १९० ले आक्रान्त भएका नेपालीलाई पुनः आज भूकम्पले तर्साएको छ।

यसअघि चैत्र २३ गते काभ्रेपलाञ्चोक केन्द्रबिन्दू भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो।

More News last news
Loading...