जेठ २० गतेभित्र वार्षिक परीक्षा लिइसक्न विद्यालयलाई काठमाडौँ महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्छ विद्यालयलाई निर्देशन दिएको छ।

काठमाडौँ महानगरभित्रका विद्यालयहरूलाई जेठ २० गतेसम्म वार्षिक परीक्षा लिइसक्न महानगरपालिकाले निर्देशन दिएको हो ।

Advertisement

महानगरपालिकाले शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा जेठ २० भित्रै लिएर जेठ मसान्तमै नतिजा सार्वजनिक गर्न निर्देशन दिएको हो।

परीक्षा अनलाइन, अफलाइन, टेलिफोन वा इमेलबाट प्रश्न पठाएर लिने सकिने बताइएको छ। विद्यालय अनुकूल हुने गरी परीक्षा जेठ २० भित्र सकेर जेठभित्रै नतिजा सार्वजनकि गर्न भनिएको छ।

महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना जारी गर्दै असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न भनेका छन्।

यसैगरी कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने यथाशीघ्र सूचना गरिने बताइएको छ।

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विद्यार्थीको वार्षिक परीक्षा अन्योलनमा परिरहेका बेला महानगरपालिकाले यस्तो निर्देशन दिएको हो।

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले नयाँ शैक्षिकसत्र आगामी असार देखि शुरु हुनेमा अन्योल देखिरहेका बेला महानगरपालिकाले यस बारेमा ताकेता गरेको हो।

More News last news
Loading...