काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ।
मंगलबार तोलामा ३ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि यही मूल्यमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
