काठमाडौँ । राष्ट्रि बिमा कम्पनी लिमिटेडेको सेयर मूल्य एकै दिन ह्वात्तै बढेको छ। कोरोना महामारी र लकडाउनको समयमा एकैदिन बिमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको देखिएको हो।
सोमबार एकैदिन १० प्रतिशत (१७५० रुपैयाँ) ले यस कम्पनीको सेयर मूल्य बढेर १९ हजार २ सय ५० रुपैयाँ पुगेको छ।
यो कम्पनीको संस्थापक समूह तर्फको सेयर मूल्य पनि सोमबार १० प्रतिशतले नै बढेको छ। एकैदिन १ हजार ५ सय ४१ रुपैयाँले बढ्दा संस्थापक समूहतर्फको सेयर मूल्य प्रति कित्ता १६ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ।
लामो समयदेखि साधारण सभा तथा लेखापरीक्षण समेत यस कम्पनीले गराउन सकेको छैन। लामो समयदेखि रोकिएको आकर्षक लाभांश दिने आशले यस कम्पनीको सेयर मूल्यमा आकर्षण देखिएको जानकारहरु बताउँछन्।
राष्ट्रि बिमा कम्पनी पछि धेरै सेयर मूल्य बढ्नेमा समता घरेलु लघुवित्त वित्तीय संस्था र रुरु हाइड्रोपावर देखिएको छ।
यी दुबै कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
