पोखरा । बागलुङको बडिगाड गाउँपालिका ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ।
संक्रमति भएका अधिकांश केही दिन अगाडी सोही गाउँमा भएको एउटा विवाह समारोहमा सहभागी थिए।
गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि बडिगाड गाउँपालिकाले कोरोना परीक्षण गरेको थियो।
बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा संक्रमण पुष्टि भएको छ।
संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडमणि कँडेलले जानकारी दिए।
विवाह समारोहमा सहभागी भएका दुलाहा पक्षका आफन्तहरु तथा अन्य गाउँका अधिकांश मानिसहरु बिरामी परेको बडिगाड गाउँपालिका ४ का अध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
