पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एन्टिजेन परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार मुख्यमन्त्री गुरुङको सचिवालयका अधिकांशलाई कोरोना संक्रमण भएको हो।
यस्तै, पछिल्लो २४ घण्टामा पोखरामा २७५ सहित गण्डकी प्रदेशमा ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गण्डकीका ११ जिल्लामध्ये मुस्ताङबाहेक अरु सबैमा संक्रमितहरु देखिएका छन् ।
पोखरामा २७५ जना सहित कास्कीमा २९२जनामा, नवलपरासी पूर्वमा ५२ जनामा, स्याङ्जामा २७ जनामा, बाग्लुङमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी तनहुँमा ४४ जनामा, लमजुङमा २ जनामा, गोरखामा ६० जनामा, पर्वतमा ८ जनामा, म्याग्दीमा २९ जनामा र मनाङमा ७ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
