आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

सोमबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। साताको तेस्रो दिन आज भने सुनको मूल्य बढेको हो।

More News last news
Loading...