आज घट्यो सेयर बजार मूल्य, कुनको कति ?

काठमाडौँ । नेप्से परिसूचक आज १२.३५ अंकले घटेको छ। शून्य दशमलव ४६ प्रतिशतले घटेको नेप्से २६ सय ५२ दशमलव ७५ विन्दुमा रोकिएको छ।

आज १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर किनबेचमा ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १४६ रुपैयाँ बराबरको कारोबार भएको छ।

Advertisement

आज अपि हाइड्रो पावर कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै ३९ करोड रूपैयाँ बराबरको भएको छ। यसैगरी, पुनर्बीमा कम्पनीको सेयरयर कारोबार २९ करोड रूपैयाँ बराबरको भएको छ।

नेश्नल माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ । विशाल बजारको सेयर आज पनि मूल्य १० प्रतिशतले नै बढेको छ।

महिला लघुवित्तको सेयर पनि १० प्रतिशन बढेको छ । आज लघुवित्त तथा उत्पादन समूह बाहेक सबै उप समूहहरू रातो भएका छन्।

साताको पहिलो दिन आइतबार भने सेयर बजारमा उछाल देखिएको थियो। निषेधाज्ञामा विभिन्न क्षेत्र बन्द भएसँगै सेयर बजारतर्फ लगानीकर्ताको आकर्षण देखिएको थियो।

More News last news
Loading...