काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि को प्रमुख कार्यकारी अधिकृत पदमा आगामी चार वर्षका लागी उपासना पौडेललाई नियुक्त गरिएको छ।
योसँगै पौडेल बीमा क्षेत्रको प्रथम महिला प्रमुख कार्यकारी अधिकृत बनेकी छिन्। ३४ वर्षकी पौडेल हालसम्मकै कम उमेरमा पदमा बहाल हुन सफल भएकी छन्।
पौडेलको यस क्षेत्रमा एक दशकभन्दा बढी कार्यानुभव रहेको छ। छिमेकी मुलुक भारतको श्री दिल्ली विश्वविद्यालयबाट एमबिए सम्मको अध्ययन पुरा गरेकी उनले भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन्।
उनी यसअघि युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. मा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन्।
उनी आइसीआइसीआइमा तीन वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन। त्यसपछि उनले अर्को एक इन्स्योरेन्स कम्पनीमा पनि काम गरेकी थिइन।
‘उहाँको कार्य सम्पादन प्रति सन्तुष्ट कम्पनीले उहाँलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो,’ कम्पनीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
