काठमाडौँ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजिशन (प्राप्ति) गर्ने भएको छ। शुक्रबार नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने विषयमा सम्झौता भएको हो।
बैंकका मर्जर कमिटीका संयोजक उदय कृष्ण उपाध्याय र फाइनान्सका मर्जर कमिटीका संयोजक मनिषकुमार खेमकाले प्राप्तीका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। नबिलले युनाइटेडलाई ३५ स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो ।
प्राप्ति पछि युनाइटेड फाइनान्सको सम्पूर्ण कारोबार नबिलकै नाममा हुने र संचालक समिति पनि नबिल बैंककै रहने गरि सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि प्रकृया अगाडि बढाइने र समयमै स्वीकृती पाएमा यथाशिघ्र संयुक्त कारोबार नबिल बैंकले गर्ने बताइएको छ।
सोहीअनुसार नबिल बैंकको शाखा सञ्जाल बृद्धि भइ १४७ हुनेछ । नबिल बैंकको काठमाडौँ उपत्यका भित्र मात्र शाखा सञ्जाल बृद्धि भइ ३७ हुनेछ । बैंकको एटीएम संख्या भने १९० हुनेछ ।
निक्षेपको आँकडा २१६ अर्ब हुनेछ भने कर्जाको आँकडा २०१ अर्ब हुनेछ । यसपश्चात् नबिल बैंकको कर्जा एवं निक्षेप दुबैको आँकडा २ खर्ब माथि हुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
