काठमाडौँ । साताको छैटौँ दिन अर्थात शुक्रबार (आज) नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ।
बिहीबार तोलामा ३ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल प्रतितोला प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। दोस्रो लहरको कोरोना संक्रमणपपछि सुरुको भएको लकडाउनको पहिलो दिन बढेको सुनको भाउ आज भने घटेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
