पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिकाका ७९ जनासहित प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य जिल्लाहरुमा आज संक्रमित देखिएका छन् ।
योसँगै आजसम्म प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १८ हजार ३७१ जना पुगेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिकाका ७९ जना, नवलपुर पूर्वका १५ जना, बाग्लुङका ४ जना, तनहुँका ५ जना र लमजुङका २ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
त्यसैगरी, स्याङ्जाका ४ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र पर्वतका १ जनामा संक्रमण देखिएको हो।
सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दुको भनाइ छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
