काठमाडौँ । बजारमा खाने तेलको मूल्य फेरि बढेको छ। गत कात्तिकमा खाने तेलको मूल्य बढाउँदा केही व्यवसायीहरु कारवाहीमा परेका थिए।
अहिले सरकारी नियामक निकायकै मिलेमतोमा मूल्य बढाइएको उपभोक्ता अधिकारकर्मीहरुको आरोप छ।अहिले खाने तेलको मूल्य प्रतिलिटर १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले वृद्धि भएको छ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो समय बजारमा गुणस्तर र कम्पनी हेरेर खाने तेलको मूल्यमा न्यूनतम १० रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्मले मूल्य बढेको हो।
ब्रान्ड हेरेर तोरीको तेल प्रतिलिटर १० देखि २५ रुपैयाँले बढेको छ। त्यस्तै सनफ्लावर तेल १५ देखि २० रुपैयाँले बढेको छ भने भट्मासको तेलमा प्रतिलिटर १५ रूपैयाँले वृद्धि भएकोे छ।
बढेको मूल्यअनुसार अहिले बजारमा तोरीको तेल प्रतिलिटर २५० देखि २८० रुपैयाँसम्म, सनफ्लावर तेल २३० देखि २५० रुपैयाँ र भटमासको तेल प्रतिलिटर २२५ देखि २३५ रुपैयाँसम्म पुगेको छ।
यसअघि तोरीको तेल प्रतिलिटर अधिकतम २४० रुपैयाँ, सनफ्लावर तेल २३० रुपैयाँ र भट्मासको तेल २१० रुपैयाँमै कारोबार भइरहेको थियो।
बजारमा मनलाग्दी तबरले खाने तेलको मूल्य बढ्दा पनि सरकारी पक्षबाट अनुगमन भएको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
