आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ।

बुधबार तोलामा १३ सय रुपैयाँले बढेको सुन आज पुनः २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय १० रुपैयामा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। नयाँ वर्षको सुरुवातसँगै लगातार बढिरहेको सुनको भाउ मंगलबार बाहेक अन्य दिन लगातार बढिरहेको छ।

More News last news
Loading...