काठमाडौँ । रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो।
३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन। बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ। गोलाप्रथाबाट बाँडफाँट गरिएको हो।
आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ।
सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/बाट रिजल्ट हेर्न सकिन्छ । बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।
कम्पनीले २० चैतबाट प्रतिसेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा सेयर बिक्रीमा ल्याएको हो। शुक्रबार रुरुको आईपीओ बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
