ओपोले नेपालमा सार्वजनिक गर्यो अर्को नयाँ स्मार्ट फोन, कति पर्छ मूल्य ?

काठमाडौँ । ओपोले नेपालमा आफ्नो नयाँ स्मार्ट फोन ओपो ए५४ सार्वजनिक गरेको छ। ओपो ए५४, ५००० एमएएच क्षमताको ब्याट्री र फास्ट चार्जिङ सुविधा सहित बजारमा आएको हो।

यो फोनमा रहेको ओक्टा–कोर प्रोसेसरले यसको क्षमतालाई अझ बढाएको छ। ६.५१ इन्च पन्च (होल डिस्प्ले सहित) को यो फोनमा पर्याप्त मेमोरी क्षमताका लागि १२८ जीबी रोमको ब्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Advertisement

ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ए सिरिजको डिजाइन प्रयोगकर्ताले प्रविधिलाई अझ रमाईलो रुपमा स्विकार्न सकुन् भनेर गरिएको बताए। उनले यसमा रहेको ५००० एमएएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जले प्रयोगकर्तालाई दिनभरी ब्याट्रीको कुनै चिन्ता नहुने बताए।

४जीबी र्याम र १२८ जीबी रोम सहितको ए५४मा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार माइक्रो एसडी कार्डको प्रयोग मार्फत सञ्चय क्षमतालाई अतिरिक्त २५६जीबी सम्म बढाउन सक्छन्।

मिडिया टेक हेलियो पी३५ (एमटी ६७६५) ओक्टा–कोर प्रोसेसर जडित ए५४मा हाईपर बुस्ट, डुअल च्यानल एक्सिलिरेशन सपोर्टका साथै तुलनात्मक रुपमा ठूलो अवाज फाल्ने क्षमता सहितको स्पिकरको सुविधा छ।

फोनको तापक्रम नियन्त्रण गर्दै यसलाई चिसो राख्न सघाउन ए५४मा ५ टेम्परेचर सेन्सर्स र ठूलो ग्राफाइट शिट सहितको अप्टिमल हिट डिस्सिपेशन प्रविधिको प्रयोग भएको कम्पनीले जनाएको छ। ए५४को डिजाइन तथा उपयोगिताको प्रमाणका रुपमा यसको सुन्दर बनोट भएको कम्पनीले बताएको छ।

ओपो ए५४ नेपाली बजारमा क्रिस्टल ब्ल्याक र स्टारी ब्लु गरी दुई आकर्षक रंगमा उपलब्ध छ। ४जीबी र्याम र १२८जीबी रोमको मूल्य २५ हजार ९ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ।

More News last news
Loading...