काठमाडौँ । नयाँ बर्षको अवसर पारेर नेपाल सस्कृती संरक्षण समाजले गुन्यु चोली तथा सांस्कृतिक पोसाक सचेतना अभियान सम्पन्न गरेको छ।
समाजले आफ्नो चौथो बार्षिक उत्सवका अवसरमा यस अभियानका अभियन्ताहरु र विभिन्न संघ सस्थामा आबद्ध महिला दिदिबहिनीहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा अभियानकी अध्यक्ष लक्ष्मी भद्रा ओझाले गुन्यु चोली नेपालको सास्कृतिक पोसाक भएकोले यसको संरक्षण गर्नु सबै नेपालीहरु त्यसतर्फ सतेत हुनुपर्नेमा जोड दिईन्।
उनले नेपाली पोसाक सस्कार र सस्कृतीसँग जोडिएको भएपनि पछिल्लो समयमा संस्कार र रितीरिवाज लोप हुदै गएकोले समाज त्यसतर्फ अग्रसर रहेको उल्लेख गरिन्।
‘सम्पति भन्दा पहिला संस्कार र संस्कृतिको जगेर्ना गरौं’ भन्ने नारासहित समाजले राष्ट्रिय पोसाक, धर्म, संस्कृती र परम्पराका बिषयमा बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
