स्याङ्जा । बिश्व हिन्दू युवा संघ स्याङ्जाले गुप्तेश्वर गुफा (मन्दिरमा) पर्यटन प्रर्वद्धन गर्ने हेतुले अर्जुन चौपारी १ र भिरकोट ७ को संगम स्थल दारेगौंदा मा बृहत हिन्दू जागरण एबम् शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि भीरकोट नगरपालिका प्रवक्ता दीपेन्द्र केसीले गुप्तेशवर गुफा जिल्लाकै नमुना भएको र यसलाई देश विदेश चिनाउन विश्व हिन्दू युवा संघ र सबै सरोकारवाला संग आग्रह गरे ।
भीरकोट नगरपालिकाले पनि यसको संरक्षण र प्रवर्द्धन को लागि यहाँको समिति,स्थनीय संग हातेमालो गर्दै अघि बढ्ने कुरा जानकारी दिए ।
कार्यक्रममा भीरकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष शेष कान्त अर्याल, अर्जुन चौपारी गाउँपालिका वार्ड १ काअध्यक्ष चित्र बहादुर विष्ट , विश्व हिन्दू युवा संघ का केन्द्रीय सदस्य दण्डपानी पंगेनी युवा नेता तारा प्रसाद अर्याल, युवा व्यवसायी एबम् समाजसेवी भविश्वर कोइराला लगायतको उपस्थित थियो।
कार्यक्रममा विश्व हिन्दू युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले आफू पनि यही ठाउँको भएको नाताले पनि गुप्तेश्वरको प्रबर्दन गर्नुपर्नेमा जोड दिदैं ऐतिहासिक ठाउँ भएको र यसको पर्यटन प्रबर्दन लागि विश्व हिन्दू युवा संघ सधै तयार रहेको जनाए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
