काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चालु आर्थिक वर्षको फागुनसम्ममा सूचीकृत ५ अर्ब ६१ करोड शेयरको चुक्ता मूल्य रु ५५१ अर्ब ६८ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनासम्ममा रु १ खर्ब ५० अर्ब बराबरको विकास ऋणपत्र, रु ३५ अर्ब ३७ करोड बराबरको साधारण शेयर, रु २८ अर्ब ७६ करोड बराबरको बोनस शेयर, रु १० अर्ब ५ करोड बराबरको डिबेन्चर सूचीकृत भएको पनि बैंकले जनाएको छ।
सूचीकृत हुनेमा रु ३ अर्ब २८ करोड बराबरको हकप्रद शेयर र रु १ अर्ब ८५ करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र पनि रहेका छन्।
यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, रु ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, रु ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र रु २ अर्ब ४८ करोड बराबरको हकप्रद शेयर गरी कुल रु२९ अर्ब २१ करोड बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ।
आर्थिक वर्ष २०७७/७८ को आठ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ शीर्षकको राष्ट्र बैंकको रिपोर्टमा सो तथ्यांक उल्लेख छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
