आज बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार (आज) नेपाली बजारमा सुनको भाउ थोरै बढेको छ। आइतबार प्रतितोला ४ सय रुपैयाँले घटेको सुन आज तोलामा १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। अघिल्लो साता लगातार बढिरहेको सुनको भाउ आइतबार घटेर फेरि सोमबार केही मूल्य बढेको हो।

More News last news
Loading...