काठमाडौँ । आज साताको सातौँ दिन (शनिबार) पनि अमेरिकी डलरसहित प्रायः सबै देशका मुद्राको भाउ बढेको छ। आज अप्रिल १० तारिख शनिबारका लागि अमेरिकी डलरको भाउ २३ पैसाले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा तोकेको छ। हिजो अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ रहेको थियो।
त्यस्तै यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८३ पैसा तोकिएको छ।
यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ।
त्यस्तै यूएई दिरहाम एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६४ पैसा रहेको छ।
यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ८५ पैसा र बिक्रीदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ १५ र बिक्रीदर ३९७ रुपैयाँ १४ पैसा तोकिएको छ।
यस्तै, बहराइन दिनार एकको खरिददर ३१६ रुपैयाँ ३७ पैसा र बिक्रीदार ३१७ रुपैयाँ ९७ पैसा रहेको छ।
यस्तो आजको छ विनिमयदर तालिका

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
