काठमाडौँ । वर्ल्ड लिंक कम्युनिकेसन्सले आउँदो नयाँ वर्षलाई लक्षित गरी ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ।
‘हर्षको नववर्ष’ अफरमा ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज लिँदा समग्रमा ६२ प्रतिशतसम्म छुट पाउने वर्ल्ड लिंकले जनाएको छ।
यो १२ महिने अफरमा २०, ४० वा ८० एमबीपीएस प्याकेज मध्ये एक मात्र लिँदा पनि ग्राहकहरूले १२ महिना नेट टीभीको सेवा निःशुल्क पाउने भएका छन्।
यसमा ३ महिना नेट टीभी प्राइम प्याकेज पनि पाउनेछन्, जसमा फिल्म हेर्न सकिनेछ। यसमा वाइफाईको साथमा डुअल ब्यान्ड राउटर सित्तैमा उपलब्ध गराउने वर्ल्डलिंकले जनाएको छ। यससँगै जडान, वायरिङ, युट्युब र अन्य सामग्रीको सुविधासहित सेटअप बक्स पनि निःशुल्क हुनेछ।
वर्ल्ड लिंकका अध्यक्ष दिलीप अग्रवालले नयाँ वर्षमा नयाँ तथा पुराना ग्राहकहरूले सामान्यतः शुल्क लाग्ने सेवाहरुमा बढीभन्दा बढी छुटसहित तीव्र गतिको इन्टरनेटको आनन्द उठाउन सक्ने बताए।
उनले वर्ल्ड लिंकले हाल नेपालभर १० हजारभन्दा बढी हटस्पटहरूको सिर्जना गरेको भन्दै ग्राहकहरूका लागि अझ उत्साहजनक धेरै नयाँ सामग्री र सेवा ल्याउने प्रतिवद्धता जनाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
