आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

काठमाडौँ । आज साताको छैटौँ दिन (शुक्रबार) पनि अमेरिकी डलरसहित प्राय सबै देशका मुद्राको भाउ बढेको छ। आज अप्रिल ९ तारिख शुक्रबारका लागि अमेरिकी डलरको भाउ ६ पैसाले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा तोकेको छ। हिजो अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ रहेको थियो।

Advertisement

त्यस्तै यूरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा तोकिएको छ।

यस्तै, साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ७४ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ९० पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ।

त्यस्तै यूएई दिरहाम एकको खरिददर ३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा रहेको छ।

यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ७७ पैसा र बिक्रीदर २८ रुपैयाँ ९२ पैसा तोकिएको छ। कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ३९ र बिक्रीदर ३९६ रुपैयाँ ३८ पैसा तोकिएको छ।

यस्तै, बहराइन दिनार एकको खरिददर ३१५ रुपैयाँ ७२ पैसा र बिक्रीदार ३१७ रुपैयाँ ३१ पैसा रहेको छ।

यस्तो आजको छ विनिमयदर तालिका

More News last news
Loading...