काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन आज पुनः तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।
लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। यो हप्ता सुनको भाउ लगातार उकालो लागिरहेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
