आज पनि बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको चौथो दिन अर्थात बुधबार (आज) पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। मंगलबार प्रतितोला ३ सय रुपैयाँले बढेको सुन आज पुनः तोलामा ५ सय रुपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। सुनको मूल्यमा घटबढ भएपनि यसको असर सुन चाँदी बजारमा भने खासै देखिने गरेको छैन।

More News last news
Loading...