अन्तरिक्षमा यान ठक्करको ‘खतरा’, नासाले शेयर गर्‍यो मंगल मिशनको डाटा

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीसँग आफ्नो मंगल ग्रह अभियानको डाटा सेयर गरेको छ। मंगल मिशनमा रहेका यी देशहरुका अन्तरिक्ष यानहरु एक आपसमा नठोक्किउन भन्ने उद्देश्यसहित यो डाटा सेयर गरिएको हो।

साउथ चाइना मर्निङ पोष्टका अनुसार भारत, चीन, युएई तथा युरोपेली अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यानले यस रातो ग्रहको चक्कर लगाइरहेका छन् । यसकारण यी देशका यानबीच ठोक्करको खतरा कम गर्नका लागि डाटा आदान प्रदान गरिएको हो।

Advertisement

नासाले पनि आफ्नो एक बयानमा सुरक्षा सुनिश्चित गर्नका लागि भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो), युएई, युरोपेली अन्तरिक्ष एजेन्सी तथा चाइना नेशनल स्पेश एडमिनिष्ट्रेशनका साथ समन्वय गरिरहेको जनाएको छ किनकि यी सबै देशको यान मंगल ग्रहको कक्षमा चक्कर लगाइरहेका छन्।

भारतको मंगलयान सन् २०१४ देखि मंगलको कक्षमा परिक्रमा गरिरहेको छ। नासाको हालै मंगलमा अवतरण गरेको यान ल्याण्डरले पनि आफ्नो अनुसन्धान कार्य जारी राखेको छ।

त्यस्तै चीनको यान तियानवेन–१ ले पनि मंगल ग्रहको परिक्रमा गरिरहेको छ। जसलाई मे तथा जुन महिनामा मंगलको सतहमा अवतरण गराउने तयारी भइरहेको छ।

युएइको मंगल यान होप पनि मंगलको कक्षमा परिक्रमामा छ। तर यो यान भने मंगलको सतहमा उत्रने छैन । युरोपेली अन्तरिक्ष एजेन्सीका दुई यानले पनि मंगलको कक्षमा परिक्रमा गरिरहेका छन्।

अखबारका अनुसार नासाले चीनसँग डाटा शेयर गर्नका लागि अमेरिकी काँग्रेससँग अनुमति मागेको थियो । तथा चाइना नेशनल स्पेश एडमिनिष्ट्रेशनसँग समेत कुरा गरेको पुष्टि नासाले गरेको छ।

More News last news
Loading...