ज्योति लाइफको सेयर नेप्सेमा सूचीकृत, बजार कारोबारका लागि मिल्यो यस्तो रेन्ज

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले हालैमात्र निस्कासन गरेको दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो।

हाल प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ रहेको कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँदेखि अधिकतम ३६० रुपैयाँ सम्मको कारोबार रेन्ज पाएको छ।

Advertisement

कम्पनीले हालैमात्र सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो भने संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई ५९ लाख ४० हजार कित्ता सेयर छुट्याएर बाँकी ५ लाख ९४ हजार सेयर सर्वसाधारणलाई बाँडिएको थियो।

लगानीकर्ताले उक्त शेयरका लागि न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने प्रवधान रहेको थियो।

आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक गरिएको थियो भने आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुगेको छ।

More News last news
Loading...