आज बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ बढेको छ। सोमबार प्रतितोला २ सय रुपैयाँले घटेको आज पुनः तोलामा तीन सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

आज तेजावी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ। सुनको मूल्यमा घटबढ भएपनि यसको असर सुन चाँदी बजारमा भने खासै देखिने गरेको छैन । पछिल्लो समय फेरि बढेको कोरोना संक्रमण, वातावरण प्रदुषण्का कारण सुनको कारोबार भने स्थिर जस्तै छ ।

More News last news
Loading...