काठमाडौँ । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महशुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महशुस भएको हो।
भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महशुस भएको छ।
पूर्वी नेपालमा पाँच मिनेटको अन्तरमा भूकम्पको झट्का महशुस भएको स्थानीयबासीले बताएका छन्। भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।
भूकम्पको धक्का भारतका बिहारको विभिन्न क्षेत्रमा पनि महशुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारका अनुसार भारतको पटना, किशनगंज, अतरियालगायतका क्षेत्रमा पनि धक्का महशुस गरिएको छ।
२०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले नेपालमा ठूलो जनधनको क्षति भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
