रु रु जलविद्युतको आइपीओमा परे झण्डै ५० गुणा बढी आवेदन

काठमाडौँ । रु रु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा झण्डै ५० गुणा बढी आवेदन परेको छ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १३ लाख ८ हजार ९८५ जना आवेदकबाट १ करोड ८७ लाख ६५ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओको ४९.४९ गुणा धेरै हो।

Advertisement

रु रु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी कुल १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता शेयर बिक्रीमा ल्याएको छ।

कुल निष्कासन मध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि चैत २४ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा बैशाख ३ गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ। स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ।

More News last news
Loading...