अब काठमाडौँमा माक्स नलगाई हिँडे जरिवाना, कति पर्छ रेट ?

काठमाडौँ । काठमाडौँ प्रहरीले सहरका मुख्य चोकहरुमा कोरोना भाइरससम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ। आज जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्कसहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ।

प्रहरीले माइकिङ गरेर मास्क, स्यानिटाइजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ। प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोनाविरुद्ध सचेतना जगाएका छन्। गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानीय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो।

Advertisement

पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई एक सय रुपैयाँ जरिवाना गर्ने भएको छ । गौशाला चोकमा माइकिङ गर्दै महानगरीय प्रहरी वृत्त गौशालाले भने, ‘अब, मास्क नलगाई हिँडे जरिवाना गर्छौं।’

पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। ‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौं ।’ संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न प्रजिअलाई जरिवाना गर्ने अधिकार छ ।

More News last news
Loading...