कोरोना संक्रमण बढेसँगै छिमेकी देशमा एक हप्ले ‘लकडाउन’को घोषणा 

ढाका । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।

स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको त्यहाँका सरकारी अधिकारीहरुले जनाएको छ।

Advertisement

बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलन मार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।

लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताएका छन्।

अत्यावश्यकलगायतका कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु हुन सक्ने अधिकारीहरुले बताएका छन्। एजेन्सी

More News last news
Loading...