गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ को राङरुङमा जीप ‘दुर्घटना’ हुँदा दुई जनाको ‘ज्यान’ गएको छ। उक्त ‘दुर्घटना’मा परी सात जना यात्रु घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न सकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था ‘गम्भीर’ रहेको प्रत्यक्षदर्शीले बताएका छन्।
बारपाकको भ्रमण सकेर फर्किँदै गर्दा लमजुङका यात्रु चढेको ना ५ च ३२९८ नम्बरको बोलेरो जीप साँझ ६ बजेतिर ‘दुर्घटना’मा परेको हो। जीप सडकबाट करिब पाँच सय मिटर तल खसेर ‘दुर्घटना’ भएको प्रहरीले जनाएको छ।
जीपमा रहेका ९ जना लमजुङ बिचौरका बासिन्दा भएको र अहिले घाइतेहरुको विभिन्नि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
