आजदेखि दैनिक २० किलोसम्म सुन आयात गर्न सकिने

काठमाडौँ । अब दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न सकिने भएको छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सुन आयात तथा बिक्री सबन्धी कार्यविधि २०६८ संशोधन गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाणलाई २० किलोग्राम कायम गरेको हो। यसअघि दैनिक १५ किलोग्रामसम्म सुन आयात गर्न सकिने कानुनी व्यवस्था थियो।

Advertisement

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकाहरुलाई परिपत्र जारी गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० केजी कायम गरेको जनाएको छ।

व्यवसायीहरूले दैनिक सुनको माग बढिरहेको र माग अनुसार आपूर्ति हुन नसकेको भन्दै कोटा बढाउन माग गर्दै आएका थिए।

More News last news
Loading...