काठमाडौँ । कोरोना संक्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकामा कडाइ गरिएको छ।
उपत्यकामा संक्रमणको जोखिम बढी हुने भएकाले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
काठमाडौं जिल्ला भित्रिने मुख्य नाका थानकोटको नागढुङ्गा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षण सुरु भएको छ। संक्रमण दर बढन थालेसँगै गएको आइतबारदेखि नै नाकामा लक्षण देखिएका व्यक्तिमा एन्टीजेन परीक्षण थालिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।
त्यस्तै, सचेतनामूलक अभियान थालिएको र यस्तो अभियान चलाउन सबै पालिकालाई पनि निर्देशन दिइएको उनले जानकारी दिए। संक्रमणको अवस्था हेरेर आउँदो दिनमा थप कदम चालिने पराजुलीले बताए।
भक्तपुर र ललितपुर जिल्ला प्रशासनले पनि संक्रमणबाट जोगिन भीडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न, भेला सम्मेलनलगायतका भीडभाड हुने कार्यक्रम नगर्न भनेको छ भने जिल्ला भित्रिने नाकामा कडाइ गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
