काठमाडौँ । के तपाईँ अमेरिकी डलरलगायतका विदेशी मुद्रा साट्दै हुनुुहुन्छ ? हिजोको तुलनामा आज (बुधबार) अमेरिकी डलर, कतारी रियाल, कुवेत र बहराइन दिनारको भाउ ह्वात्तै बढेको छ भने यूरोपियन यूरो, मलेसियन रिंगिट र यूएइ दिरामको भाउ पनि बढेको छ । बुधबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको बिनीमयदर यसप्रकार रहेको छ । आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा तोकेको छ। मंगलबार डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको थियो ।
यस्तै, यूरोपियन युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३८ रुपैयाँ २२ पैसा तोकिएको छ। हिजो मंगलबार यूरोको खरिददर १३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९३ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ २३ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ भने मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २१ पैसा र बिक्रीदर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ।
यस्तै, यूएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५ पैसा रहेको छ भने कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ४४ पैसा तोकिएको छ। मंगलबार कुवेती दिनारको खरिददर ३८२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ९० पैसा रहेको थियो ।
यस्तै, बहराइन दिनार एकको खरिददर ३१० रुपैयाँ ६४ पैसा र बिक्रीदार ३१२ रुपैयाँ २३ पैसा रहेको छ । मंगलबार खरिददर ३०६ रुपैयाँ ९४ पैसा र बिक्रीदार ३०८ रुपैयाँ ५३ पैसा रहेको थियो ।
यस्तो आजको छ विनिमयदर तालिका
USD (U.S. Dollar)
117.12 117.72
EUR (European Euro)
137.52 138.22
GBP (UK Pound Sterling)
161.16 161.99
CHF (Swiss Franc)
124.36 125.00
AUD (Australian Dollar)
89.37 89.83
CAD (Canadian Dollar)
93.03 93.51
SGD (Singapore Dollar)
86.96 87.40
JPY (Japanese Yen)
10.62 10.68
CNY (Chinese Yuan)
17.84 17.93
SAR (Saudi Arabian Riyal)
31.23 31.39
QAR (Qatari Riyal)
32.17 32.33
THB (Thai Baht)
3.75 3.77
AED (UAE Dirham)
31.89 32.05
MYR (Malaysian Ringgit)
28.21 28.36
KRW (South Korean Won)
10.33 10.38
SEK (Swedish Kroner)
13.41 13.48
DKK (Danish Kroner)
18.49 18.59
HKD (Hong Kong Dollar)
15.06 15.14
KWD (Kuwaity Dinar)
387.46 389.44
BHD (Bahrain Dinar)
310.64 312.23
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
