साउन १ गतेबाट सामाजिक सुरक्षाभत्ता बढ्ने !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । रिपोर्ट्स क्लबको वार्षिकोत्सव समारोहमा प्रधानमन्त्री अ‍ोलीले आउँदो साउन एक गतेदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन् ।

‘सरकारले नागरिकका लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस्’, ओलीले भने।

Advertisement

यस्तै अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको बताएका छन्। उनले अदालतले पार्टी मिलाउने काम गर्ने भए आफू पनि जनता समाजवादी पार्टी एमालेमा मिलाइपाउँ भन्ने मागसहितको निवेदन लिएर अदालत जाने भन्दै व्यंग्य गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले र माओवादी केन्द्रबीचको एकतापछि बनेको पार्टी नेकपा नाम ऋषि कट्टेललाई दिई दुवै पार्टी ब्युँताउने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदन रिट लिएर सर्वोच्च अदालत पुगेकै दिन ओलीले उक्त प्रतिक्रिया जनाएका हुन्।

More News last news
Loading...