पोखरामा तास खेलिरहेको अवस्थामा मन्त्री गुरुङ सहित ४ जना पक्राउ

पोखरा । पोखरामा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन्। पोखरा महानगरपालिका–१३ कमलपोखरीमा तास खेलिरहेको अवस्थामा पोखरा–१० बस्ने एक जना तथा–१३ बस्ने ४ जनालाई आइतबार पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा मादी गाउँपालिका १० भाचोक घर भई पोखरा १० वीरेन्द्र चोक बस्ने ३६ वर्षीय मन्त्री गुरुङ तथा पोखरा १३ कमलपोखरी बस्ने लमजुङ मर्स्याङ्दी गाउँपालिका ९ का मानसिंह गुरुङ, ३९ वर्षीय ईश्वरीराज गुरुङ, लमजुङ क्होलासोथार गाउँपालिका ७ का ५६ वर्षीय राम बहादुर गुरुङ र गोरखा भीमसेन गाउँपालिका २ का २९ वर्षीय नवीन गुरुङ रहेको प्रहरी निरीक्षक दीपक केसीले बताए।

Advertisement

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट १३ हजार चार सय ५५ रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको केसीले जानकारी दिए। उनीहरूलाई अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...