आज घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?

काठमाडौँ । साताको तेस्रो दिन अर्थात मंगलबार (आज) नेपाली बजारमा सुनको भाउ घटेको छ। अघिल्लो दिन २ सय रुपैयाँले बढेको सुन आज भने प्रतितोला ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Advertisement

त्यस्तै आज तेजावी सुन प्रतितोला ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

लामो समयको कोरोना महामारी र लकडाउन पछि ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय थोरै घट्बढ् हुने गरेको छ।

More News last news
Loading...