काठमाडौं । संघीय सरकारले वायु प्रदूषणका कारण आउँदो चार दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय गरे पनि तनहुँको भिमाद नगरपालिकाले उक्त निर्णय नमान्ने भएको छ।
भिमाद नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले एक विज्ञप्ति निकालेर आफ्नो नगर क्षेत्रभित्र अहिलेसम्म कुनै वातावरणीय समस्या नदेखिएकाले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्ने जानकारी गराउँदै उक्त निर्णय नमान्ने बताएको हो।
यसअघि संघीय सरकार अन्तर्गतको शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयले भोलीदेखि ४ दिनसम्मका लागि मौसमका कारण देशभरका सम्पूर्ण विद्यायहरुमा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
