बागलुङमा होली खेल्दा-खेल्दै झडप, भीरबाट खसेर २ जनाको ज्यान गयो

पोखरा । होली खेल्ने क्रममा झगडा हुँदा बागलुङ, गुल्मी र प्युठानको सिमानाको बलधुरेमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ।

भीरबाट खसेर उनीहरुको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले पुष्टि गरे । मृतकको नाम भने खुलेको छैन।

Advertisement

बडिगाड गाउँपालिका १० दर्लिङ र निसीखोला गाउँपालिका ७ को राजकुतका युवाबीच झगडा हुँदा प्रकाश कुँवर र दिपक परियार भीरबाट खसेको स्थानीयले बताए पनि प्रजिअ कार्कीले पुष्टि भइनसकेको बताएका हुन् । उनले भेटिएका मृतक उनीहरु हुन् वा अन्य भन्ने नखुलेको बताए ।

दुवै युवालाई अर्को समूहले कुटपिटपछि भीरबाट खसालेको भन्ने थाह पाएपछि उद्धारका लागि खटाएको प्रहरी टोलीले जनाएको छ।

घटनास्थल सदरमुकाम देखि १ सय किमि पश्चिममा पर्छ । आइतबार दिउँसो घटना भए पनि बेलुकी ९ बजेमात्र प्रहरी घटनास्थल पुगेको हो । घटनामा भागाभाग भएका १५ जना सम्पर्क बाहिर रहेको स्थानीयले बताएका छन् ।

More News last news
Loading...