कञ्चनपुर । भीमदत्त नगरपालिका-५ का वडाअध्यक्ष मदनबहादुर चन्दको निधनमा भोलि एक दिन बिदा दिने निर्णय गरिएको छ।
नगरपालिका मातहतका कार्यालयमा चैत १५ गते (भोलि) बिदा दिने निर्णय गरिएको हो। वडा अध्यक्षको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक स्वरुप बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले बताए।
वडाअध्यक्ष चन्दको शुक्रबार बेदकोट नगरपालिका–६ चुनेपानीमा पिकनिक खान गएका बेला घाँटीमा समस्या देखिएपछि तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याएको र उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
यस्तै, सरकारले भोलि चैत्र १५ गते हिमाल र पहाडका विभिन्न जिल्लामा सार्वजनिक बिदा दिएको छ भने १६ गते तराईका २२ जिल्लामा सार्बजनिक बिदा दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
