ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौँ । ज्योति लाइफ इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ। ५ लाख ९४ हजार जना आवेदकले गोला प्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन्।

आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएकामा ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको छ।

Advertisement

१०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो। यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो। बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो।

हाल ज्योतिको चुक्ता पुँजी १ अर्ब ५४ करोड रुपैयाँ छ। आइपीओ बिक्री गरिसकेपछि पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ। नतिजा हेर्नको लागि सिडीएसले आईपिओ नतिजाको लागि तयार पारेको www.iporesult.cdsc.com.np र बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरेको छ।

More News last news
Loading...